
काठमाडौं । प्रहरीले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना संसदलाई जानकारी दिएको छ । काठमाडौं प्रहरी परिसद्ले सोमबार पत्र लेख्दै संसदलाई रायमाझी पक्राउ परेको बारे जानकारी दिएको हो ।
योसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीको सांसद पद निलम्बनको प्रकिया अघि बढेको छ ।
कुनै पनि सांसद प्रहरीको नियन्त्रणमा परेपछि त्यसको जानकारी संसदलाई दिएपछि निलम्बनको प्रकिया अघि बढ्छ ।
भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा उनलाई प्रहरीले वैशाख ३१ गते बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।