प्रहरीले मेरो पनि निवेदन दर्ता गर्नै मानेन

<p>काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद आरजु राणाले नक्कली भुटानी शरणार्थीमा संग्लङ भएको भन्दै सार्वजनिक भएका अडियो टेस्ट गर्नका लागि ३ घण्टा पखर्नु परेको बताएकी छिन् । सोमबार संसदमा बोल्दै उनले आफ्नो भन्दै सार्वजनिक भएको अडियो नक्कली भएको भन्दै परीक्षण गराउन सिबिआइ र साइबर क्राइमले निवेदन दर्ता गर्नै नमानेको बताईन । ‘भुटानी शरणार्थी [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद आरजु राणाले नक्कली भुटानी शरणार्थीमा संग्लङ भएको भन्दै सार्वजनिक भएका अडियो टेस्ट गर्नका लागि ३ घण्टा पखर्नु परेको बताएकी छिन् ।

सोमबार संसदमा बोल्दै उनले आफ्नो भन्दै सार्वजनिक भएको अडियो नक्कली भएको भन्दै परीक्षण गराउन सिबिआइ र साइबर क्राइमले निवेदन दर्ता गर्नै नमानेको बताईन ।

‘भुटानी शरणार्थी प्रकरणमा मेरो भ्वाइस राख्दै अडियो सार्वजनिक भयो, मैले ६ दिन अगाडी परेन्सीक टेस्टका लागि सीविआइ र साइबर क्राइममा परीक्षणका लागि दिएको थिए, उहाँहरुले मेरो निवेदन दर्ता गर्नै मान्नुभएको थिएन, यहाँ साथीहरुले मेरो विश्वास गर्नुहुँदैन होला, सत्ता पक्षको ठूलो नेताको श्रीमति भनेर, तर मैले ३ घण्टा लगाएर निवेदन दर्ता गराए’, उनले भनिन ।

उनले निवेदन दर्ता गर्न नमान्नुको कारणको जवाफ गृह मन्त्रालयसँग माग्ने भन्दै दर्तामा किन अलमल भएको भन्दै प्रश्न समेत गरिन । यस्तै, उनले ३ घण्टा लगाएर निवेदन दर्ता गरेको ६ दिन भैसक्दा समेत फेक हो कि होइन भनेर जानकारी नआउँदा झन समस्या थपिएको बताईन ।

‘फेक अडियो मेरो मात्र होइन, अरुको पनि आएको छ, तर मेरो मात्र नाम किन लिइन्छ, मलाई महिला भएकै कारण मेरो क्यारेक्टरको रेप गरियो’, उनले भनिन ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण जघन्य अपराध भएको भन्दै सो प्रकरणका दोषीलाई कारबाही गर्न समेत माग गरेकी छिन् ।

Share News