
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केही वर्ष अगाडि भन्सार छली गरेर ल्याइएको भनिएको ३३ केजी सुनको पैसा नेपालका बैंकहरुले दुबईको स्ककोडा ट्रेडिङ कन्सर्च भन्ने कम्पनीमा हुन्डाइमार्फत बैधानिक रुपमा पठाएको बताएका छन् । आज काठमाडौं पत्रकार सम्मेलन गर्दै व्यवसायी प्रसाईंले सो कुरा बताएका हुन् ।
‘३३ किलो सुनको पैसा दुबईको यो कम्पनीमा पेमेण्ट भएको छ । लिगल्ली रुपमा पेमेण्ट भएको छ, बैंकहरुले हुण्डीमार्फत पठाएको छ, एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा पेमेण्ट भएको छ । ग्ल्याक्सी कम्पनी भन्ने हङकङमा छ एउटा त्यसको एडभान्स रेमिटेन्स भन्ने शाखा नेपालमा छ । ३२ खर्ब रुपैयाँ यो देशबाट पलायन भएको छ’, उनले भने ।
साथै उनले नेपालमा छिट्टै नै अमेरिकी सेना आउने बताउँदै यहाँका नेताहरुले देश बेचिसकेको र देश बेचेको पैसा लुबई लगायतका विभिन्न मुलुकमा आफ्ना कर्मचारीहरुको नाममा ट्रान्सफर गर्ने गरेको बताए । उनले नेपालका राजनीतिज्ञ भन्दा आफू सय कदम अगाडि रहेको भन्दै आफूले संघीयता ठिक छैन भनेको कुरालाई अहिले नेकपा एमालेले पनि प्रश्न उठाइरहेको बताए ।
उनले भने, ‘मैले जुन माग राखेँ नि अहिले एमालेले पनि त्यही माग राख्यो होइन, संघीयता खारेज गर्नुपर्छ भन्ने, दुर्गा प्रसाईं सय कमद अघि रहेछ नि त यी राजनीतिज्ञ भन्दा यहाँ अब अमेरिकी सेना छिटै आउँदैछन् ।’
व्यवसायी प्रसाईंले जनताले नेताहरुलाई कारबाही गर्ने अभियान सञ्चालन नगरे देशले कहिल्यै सुख नपाउने बताए ।