मौद्रिक नीति समीक्षाले तत्काल बजार चलायमान हुने र ब्याजदर घट्ने देखिएन : महासंघ

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले तत्काल बजार चलायमान हुने अपेक्षा न्युन रहेको बताएको छ । महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिको समिक्षाले हालको आर्थिक अवस्था मुलतः खराब कर्जाको जोखिम, बढदै गएको मुद्रास्फिति, उच्च ब्याजदर लगायतका समस्यालाई स्वीकार गरेपनि ठोस र पर्याप्त उपाय अवलम्बन हुन नसक्दा तत्काल बजार चलायमान हुने अपेक्षा न्युन रहेको [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले तत्काल बजार चलायमान हुने अपेक्षा न्युन रहेको बताएको छ ।

महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिको समिक्षाले हालको आर्थिक अवस्था मुलतः खराब कर्जाको जोखिम, बढदै गएको मुद्रास्फिति, उच्च ब्याजदर लगायतका समस्यालाई स्वीकार गरेपनि ठोस र पर्याप्त उपाय अवलम्बन हुन नसक्दा तत्काल बजार चलायमान हुने अपेक्षा न्युन रहेको बताएको हो ।

महासंघले समीक्षाको कारण तत्काल कर्जाको ब्याजदर घटने सम्भावना पनि न्युन देखिएको धारणा राखेको छ । ‘समीक्षा मार्फत बैंक दरलाई १ प्रतिशत विन्दुले घटाई ७।५ प्रतिशत कायम गरिएको छ । यसबाट सैद्धान्तिक रुपमा ब्याजदर घटने अपेक्षा गरिन्छ । तर बैंकर्स संघले आगामी महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय गरिसकेको हुदा तत्काल कर्जाको ब्याजदर घटने सम्भावना न्युन देखिन्छ,’ विज्ञप्तीमा उल्लेख छ ।

यस्तै, महासंघले होटल तथा रेस्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसंग सम्बन्धित कर्जा र पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सक्ने सुविधामा उत्पादनमूलक क्षेत्र भने छुटेको विज्ञप्तीमार्फत जनाएको छ ।

महासंघले चालुपूँजी कर्जा मार्ग दर्शन २०७९ को केही व्यवस्था संशोधन भएपनि वार्षिक रुपमा सात दिनसम्म शुन्य बक्यौता कायम गर्ने लगायतका व्यवस्था पुनरावलोकन गर्न आग्रह गरेको छ । यसैगरि चालू पूँजी कर्जाको सीमा २५ प्रतिशत मात्र गरिनु अव्यवहारिक भएको हुँदा हटाउन महासंघको माग छ ।

[pdf id=409343]

Share News