मौद्रिक नीतिको समिक्षा : लघुवित्तका ऋणीलाई सहुलियत

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई सहुलियत प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लघुवित्तबाट ऋण लिएका ऋणीलाई असार मसान्तसम्म कर्जाको पुनःसंरचना, पुनःतालिकीकरण गर्न सक्ने व्यवस्था गरेको हो । ‘वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई सहुलियत प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लघुवित्तबाट ऋण लिएका ऋणीलाई असार मसान्तसम्म कर्जाको पुनःसंरचना, पुनःतालिकीकरण गर्न सक्ने व्यवस्था गरेको हो ।

‘वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी सम्वन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने छ’, समिक्षामा भनिएको छ ।

Share News