काठमाडाैं । जेठमा वाणिज्य बैंकहरुकाे निक्षेपको ब्याजदर स्थिर रहने भएकाे छ । बिहीबार बसेकाे बैंकर्स संघको बैठकले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।
हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ र संस्थागत मुद्दतीमा अधिकतम ७.९९ प्रतिशत ब्याजदर दिँदै आएका छन् । गत चैतमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा ११ र संस्थागत मुद्दतीमा ९ प्रतिशत दिँदै आएका थिए ।
यद्यपि बैंकहरुले जेठमा निक्षेपको ब्याजदर नघटाए पनि कर्जाको ब्याजदर भने घट्ने भएकाे छ ।हरेक महिना ब्याजदर परिवर्तन गर्न पाउने नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण जेठमा कर्जाको ब्याजदर घट्ने भएको हो ।
पछिल्ला महिनाहरुमा बैंकहरुको आधार दर घट्दो क्रममा रहेको छ । बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा पछिल्लाे ३ महिनाको बेस रेटलाई आधार मान्नुपर्ने भएकोले जेठदेखि कर्जाको ब्याजदर घट्ने भएको हो ।
हाल कर्जाको औसत ब्याजदर १३.३ प्रतिशत छ ।