काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन् ।
सभामुख घिमिरेले बुधबारको प्रतिनिधि सभा बैठकमा नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले सो प्रकरणको सम्बन्धमा सरकारले जानकारी गराउनुपर्ने र त्यसबारे सभामुखको रुलिङको माग गरेका थिए ।