हिमालयन बैंकले नेपाल प्रहरी अस्पतालमा २४ घण्टा काउन्टर सेवा दिने

<p>काठमाडौं । हिमालयन बैंक र महाराजगंजको नेपाल प्रहरी अस्पतालबीच सम्झौता भएको छ । बैंकले महाराजगंज स्थित नेपाल प्रहरी अस्पतालमा बिहिबार देखि नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको हो । उक्त बैंक र अस्पतालले एक समारोहकाबीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको हो । बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा (सार्वजनिक बिदाका दिनहरुमा पनि) प्रदान गर्नेछ [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंक र महाराजगंजको नेपाल प्रहरी अस्पतालबीच सम्झौता भएको छ । बैंकले महाराजगंज स्थित नेपाल प्रहरी अस्पतालमा बिहिबार देखि नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको हो ।

उक्त बैंक र अस्पतालले एक समारोहकाबीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको हो । बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा (सार्वजनिक बिदाका दिनहरुमा पनि) प्रदान गर्नेछ । बैंकले प्रदान गरिने सो सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार/आफन्तजन तथा अस्पतालका कर्मचारीहरुलाई सहजता प्रदान गर्नेछ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र अस्पतालका तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरेका थिए । सो समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

Share News