नक्कली भुटानी शरणार्थी प्रकरणमा १२ जना पक्राउ, को-को हुन ?

<p>काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संग्लङ रहेको भन्दै बुधबारसम्म १२ जनालाई पक्राउ गरेको छ । बुधबार बिहान नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या १२ पुगेको हो । प्रहरीले यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा बुधबार बिहानै खाँण र उनका स्वीकय सचिव [&hellip;]</p>

काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संग्लङ रहेको भन्दै बुधबारसम्म १२ जनालाई पक्राउ गरेको छ ।

बुधबार बिहान नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या १२ पुगेको हो ।

प्रहरीले यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा बुधबार बिहानै खाँण र उनका स्वीकय सचिव केसीलाई खाँणको निवास चाबहिलबाटै पक्राउ गरेको हो ।

स्वकीय सचिव नरेन्द्र केसी

यसअघि मंगलबार प्रहरीले काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई पक्राउ गरेको थियो ।

पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, ललितपुर महानगरपालिका, २३ का सानु भण्डारी, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी समातिइसकेका छन् ।

यस्तै, सोही प्रकरणमा प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका, १० का केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका ७ का टंककुमार गुरुङ, दाङका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका, १० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ गरेको छ ।

सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको छ ।

Share News