टेकनारायण पोण्डेको बयानका आधारमा खाँण पक्राउ, फोन अफ गरेर बसेका थिए

<p>काठमाडौं । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेकोे बयानका आधारमा प्रहरीले पूर्वगृृहसचिव बालकृष्ण खाँणलाई पक्राउ गरिएको पाइएको छ । सचिव पाण्डेले मन्त्रीकै निर्देशनका आफूले काम गरेको बयान दिएपछि प्रहरीले खाँणलाई बुधबार बिहानै उनको निजी निवासबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको भन्दै प्रहरीले गत बुधबार पाण्डेलाई पक्राउ गरिसकेको थियो । खाँण गृहमन्त्री र पाण्डे [&hellip;]</p>

काठमाडौं । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेकोे बयानका आधारमा प्रहरीले पूर्वगृृहसचिव बालकृष्ण खाँणलाई पक्राउ गरिएको पाइएको छ ।

सचिव पाण्डेले मन्त्रीकै निर्देशनका आफूले काम गरेको बयान दिएपछि प्रहरीले खाँणलाई बुधबार बिहानै उनको निजी निवासबाट पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको भन्दै प्रहरीले गत बुधबार पाण्डेलाई पक्राउ गरिसकेको थियो ।

खाँण गृहमन्त्री र पाण्डे गृहसचिव हुँदा कार्यदलको प्रतिवेदन नै हेरफेर गरिएको थियो । कार्यदलका संयोजक र सदस्यले सोमबार बयानका क्रममा गृह मन्त्रालयले प्रहरीलाई पठाएको प्रतिवेदन आफूहरूले तयार गरेको नभई अर्कै भएको बयान दिएका थिए ।

सोही बयानका आधारमा प्रहरीले खाँणलाई पक्राउ गरेको हो । अदालतबाट पक्राउ पुँजी जारी गरेर पक्राउ गर्दा पूर्वसचिव टोपवहादुर रायमाझि नै फरार हुने आंशकामा प्रहरीले उनलाई जरुरी पुँर्जी थमाएर पक्राउ गरिएको जनाएको छ ।

सोमबार कार्यदलका संयोजकहरुले प्रतिवेदन आफूले तयार नपारेको बयान दिएपछि खाँण फोन अफ गरेर बसेका थिए ।

Share News