सरकारले फेर्यो गृहसचिव, भट्टराईले पाए जिम्मेवारी

<p>काठमाडौं । सरकारले गृहसचिव हेरफेर गरेकोे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन गृहसचिव विनोदप्रकाश सिंहलाई हटाएर दिनेश भट्टराईलाई गृहसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । तत्कालीन गृृहमन्त्री बालकृष्ण खाँणले असोज २ मा टेकनारायण पाण्डेलाई सरुवा गरी गृहमा सिंहलाई ल्याएका थिए। पाण्डे यसअघि नै नक्कली शरणार्थी प्रकरणमा पक्राउ परिसकेका छन्। भट्टराई यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् [&hellip;]</p>

काठमाडौं । सरकारले गृहसचिव हेरफेर गरेकोे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन गृहसचिव विनोदप्रकाश सिंहलाई हटाएर दिनेश भट्टराईलाई गृहसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

तत्कालीन गृृहमन्त्री बालकृष्ण खाँणले असोज २ मा टेकनारायण पाण्डेलाई सरुवा गरी गृहमा सिंहलाई ल्याएका थिए। पाण्डे यसअघि नै नक्कली शरणार्थी प्रकरणमा पक्राउ परिसकेका छन्।

भट्टराई यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थिए । उनले स्थानमा सिंहलाई पठाईएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संग्लनलाई पक्राउ गरिएको बेला सरकारले गृह सचिव फेरेको हो ।

Share News