बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

<p>काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि केसीलाई बुधबार बिहान जडिबुटीबाट पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ । पूर्व गृहमन्त्री खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको थियो । यही प्रकरणमा [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि केसीलाई बुधबार बिहान जडिबुटीबाट पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ । पूर्व गृहमन्त्री खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको थियो ।

यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री टोपबहादुर रायमाझी भने फरार छन् । रायमाझी नेकपा एमालेका सचिव समेत हुन् । प्रहरीले हिजो रायमाझीको घर खानतलास गरेको थियो ।

यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Share News