काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेले सरकारलाई धन्यावद दिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरीलाई धन्यावाद दिएका हुन ।
‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु, यो शिलशिला नरोकियोस्, कुनै हालतमा नरोकियोस्’, उनले लेखेका छन् ।
यस्तै, उनले बुधबार बिहानै सामाजिक सञ्जाल मार्फत सरकारको खबरदारी समेत गरेका थिए ।
‘शिर्षहरुको तिब्र भेटघाट,फरार (गराइएका) अझै गायब, नाम आएकाहरुको अनुसंधान फितलो, खबरदार’, उनले लेखेका छन्, ‘अनुसन्धानले ठूला नेता र तिनका सन्तानको ‘जगजाहेर तान्डव’ लाई छोड्यो भने रास्वपा हेरेर बस्दैन, यो आँधीलाई ख्याल सम्झने भुल नगर्नुहोला प्रम ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस ।’