काठमाडौं । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ हो । उनी सत्ता गठबन्धनको मुख्य दलमा पनि प्रभावशाली नेता हुन् ।
यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री टोपबहादुर रायमाझी भने फरार छन् । रायमाझी नेकपा एमालेका सचिव समेत हुन् । प्रहरीले हिजो रायमाझीको घर खानतलास गरेको थियो ।
यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।