
काठमाडौं । उद्योगी राजेशबाबु श्रेष्ठले अष्ट्रियाको राष्ट्रपतिले प्रदान गर्ने ‘अनररी अफ सिल्भर’ सम्मान पाएका छन्। मनकामना केबलकारको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका श्रेष्ठलाई नेपाल र अष्टियाबीचको सम्बन्ध विस्तारमा महत्पूर्ण भूमिका खेलेको आधारमा सो सम्मान पाएका हुन् ।
अष्ट्रियाका लागि नेपालको महावाणिज्यदूत रहेका श्रेष्ठलाई आइतबार भएको एक कार्यक्रमबीच नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना विजरले सो अवार्ड प्रदान गरेकी थिइन् । यसअघि अष्ट्रियाले प्रदान गरेको अनरी अफ गोल्ड अवार्ड श्रेष्ठकै पिता लक्ष्मणबाबु श्रेष्ठले पाएका थिए ।
अवार्ड प्रदान गर्न आयोजना गरिएको कार्यक्रममा श्रेष्ठले अष्ट्रियाबाट पूर्वाधार विकासमा धेरै कुरा सिक्न सकिने बताएका थिए । ‘अष्ट्रियाले आर्थिक विकासमा ठूलो फड्को मारिसकेको छ’, उनले भने, ‘पहाडको पूर्वाधार विकास र जलविद्युतमा उसको प्रगति उत्साहजनक भएर नै आर्थिक समृद्धि हासिल गरेको हो।’ श्रेष्ठले कोभिडका बेलामा चार लाख भ्याक्सिन सहयोग गरेको बताएका थिए ।