साधारण खर्च असाधारण रुपमा कटौती गर्न सभापति लामिछानेको सुझाव

<p>काठमाडौं । आगामी आर्थिक वर्षको बजेटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले अर्थमन्त्रीले पेस गरेको सिद्धान्त तथा प्राथमिकताले समाधान नदिने भन्दै आफ्नो सुझाव राखेका छन् । असाधारण समय भएको र स्रोतको सिमितता भएकाले साधारण खर्चमा असाधारण खर्च कटौती गर्दै सम्बन्धित व्यक्तिलाई जवाफदेही बनाउन सुझाव दिएका छन् । ‘असाधारण खर्च छ, स्रोतको सिमितता छ, [&hellip;]</p>

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले अर्थमन्त्रीले पेस गरेको सिद्धान्त तथा प्राथमिकताले समाधान नदिने भन्दै आफ्नो सुझाव राखेका छन् ।

असाधारण समय भएको र स्रोतको सिमितता भएकाले साधारण खर्चमा असाधारण खर्च कटौती गर्दै सम्बन्धित व्यक्तिलाई जवाफदेही बनाउन सुझाव दिएका छन् । ‘असाधारण खर्च छ, स्रोतको सिमितता छ, यसपाली असाधारण रुपमा साधारण खर्च कटौती गरौं, बजेटमा गर्छौं भनेका कुरा गरेरै छाड्ने यदि हुन सकेन भने कसका कारण हुन सकेन, सचिव, विभागीय प्रमुख, मन्त्री प्रधानमन्त्री र सांसदलाई जवाफदेही बनाऔं’, सभापति लामिछानेले भने ।

काम होइन नतिजाको आधारमा कार्यसम्पादन मूल्यांकन गर्ने र सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको व्यापक प्रयोगलाई बढाउन उनले सुझाव दिएका छन् । यसो गर्दा भ्रष्टाचार पनि कम हुने उनको भनाइ छ । विदेशी लगानी भित्र्याउन छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्नपर्ने अवस्था भएको, प्रकृया झन्झटिलो भएको, भन्दै लामिछानेले यसलाई सुदृढ गर्नुपर्ने बताए ।

उनले फरक तरिकाले काम गर्न नसकिए फरक नतिजा आउन नसक्ने भन्दै अहिलेको समस्याबाट मुलुकलाई पार लगाउन अर्थमन्त्रीले सिद्धान्त र प्राथमिकतामा भएको फरक संसदलाई विस्तृत व्याख्यासहित बताउन उनले आग्रह गरेका छन् ।

Share News