काठमाडौं । एच मेडिकल एण्ड डाएगनोष्टिकका कर्मचारीले एसआईपी मार्फत लगानी गर्न सक्ने भएका छन् ।
एच मेडिकल एण्ड डाएगनोष्टिकका कर्मचारीले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागिता फण्डको व्यवस्थित लगानी योजना (एसआईपी) मार्फत लगानी गर्न सक्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अर्न्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र एच मेडिकल एण्ड डाएगनोष्टिकबीच एनआईबीएल म्युचुअल फण्ड अर्न्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा ‘कर्पोरेट पेरोल सिप’ मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
यस योजना अन्तर्गत, एच मेडिकल एण्ड डाएगनोष्टिकका विभिन्न तहका कर्मचारीले आफ्नो इच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागिता फण्डको व्यवस्थित लगानी योजना (एसआईपी) मार्फत लगानी गर्न सक्नेछन् ।
उक्त सम्झौतामा एच मेडिकल एण्ड डाएगनोष्टिकका तर्फबाट कम्पनीका प्रमुख संचालन अधिकृत मदन अर्याल र एनआईबीएल एस क्यापिटलका तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।