सिम्रिक एयरको उडानमा लागेको प्रतिबन्ध हट्यो, सिलिङ उडान गर्न नपाउने

<p>काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले सिम्रिक एयरमाथि लगाएको उडान प्रतिबन्ध हटाएको छ । क्यानले शुक्रबार दिउँसो संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर सिम्रिकका सबै उडानमा प्रतिबन्ध लगाएको थियो । शुक्रबार साँझदेखि उडानमा प्रतिबन्ध लगाएको प्राधिकरणले सोमबारदेखि उडान सुचारुको अनुमति दिएको हो । प्राधिकरणले सिम्रिक एयरसँग रहेका ४ वटा हेलिकप्टरको परीक्षण [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले सिम्रिक एयरमाथि लगाएको उडान प्रतिबन्ध हटाएको छ । क्यानले शुक्रबार दिउँसो संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर सिम्रिकका सबै उडानमा प्रतिबन्ध लगाएको थियो ।

शुक्रबार साँझदेखि उडानमा प्रतिबन्ध लगाएको प्राधिकरणले सोमबारदेखि उडान सुचारुको अनुमति दिएको हो । प्राधिकरणले सिम्रिक एयरसँग रहेका ४ वटा हेलिकप्टरको परीक्षण गरेपछि २ वटा हेलिकप्टरलाई उडान अनुमति दिएको सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उनका अनुसार सिलिङ उडान बाहेक (डोरीमा सामग्री झण्डाएर गर्ने कार्गाे उडान) अन्य उडानको अनुमति दिईएको हो ।

प्राधिकरणले गरेको परीक्षणमा सिम्रिकसँग रहेका ४ हेलिकप्टरमध्ये २ वटा मात्र उडान योग्य रहेको पाइएको छ । एउटा जहाज लामो समयदेखि बिग्रिएको थियो भने एउटा जहाज शुक्रबार संखुवासभामा दुर्घटनामा परेको थियो ।

प्राधिकरणले शुक्रबारको दुर्घटनाका विषयमा सोमबार हेलिकप्टरका प्रशिक्षक पाइटल सुरेन्द्र पौडेलसँग दुर्घटनाको विषयमा कुराकानी गर्ने जनाएको छ । शुक्रबार कार्गाे उडान अवतरण गरेर उडान गर्ने क्रममा रित्तो क्यारियर अड्कीएर दुर्घटना भएको अनुमान गरिएको छ ।

शुक्रबार माथिल्लो अरुणको सामान पु¥याएर फर्किदा सिम्रिकको हेलिकप्टर दुर्घटनामा परि ४ जना घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो । घाइतेको अवस्था अहिले सामान्य रहेको प्राधिकरणले जनाएको छ ।

Share News