भैरहवामा अवतरण गर्न नपाएपछि काठमाडौं फर्कियो यतीकाे जहाज

<p>काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नपाएपछि यती एयरको जहाज काठमाडौं नै फर्किएको छ । काठमाडौंबाट भैरहवाको उडान भरेको यती एयरको जहाज आधा घण्टाभन्दा बढी समय आकाशमै होल्ड गरेर पुनः काठमाडौं फर्किएको हो । सोमबार बिहान श्री एयरलाइन्सको जहाज विमानस्थलको रनवेमा रोकिएका कारण यती एयरको जहाजले अवतरण गर्न नपाएको हो । भैरहवाबाट काठमाडौंका लागि [&hellip;]</p>

काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नपाएपछि यती एयरको जहाज काठमाडौं नै फर्किएको छ । काठमाडौंबाट भैरहवाको उडान भरेको यती एयरको जहाज आधा घण्टाभन्दा बढी समय आकाशमै होल्ड गरेर पुनः काठमाडौं फर्किएको हो ।

सोमबार बिहान श्री एयरलाइन्सको जहाज विमानस्थलको रनवेमा रोकिएका कारण यती एयरको जहाजले अवतरण गर्न नपाएको हो ।

भैरहवाबाट काठमाडौंका लागि उडान भरेको श्री एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै भैरहवा नै फर्केर गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको थियो। जसका कारण यतीको जहाजले अवतरण गर्न पाएन।

Share News