काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडानका क्रममा जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज भैरहवा नै फर्किएको हो ।
सोमबार बिहान चालक दलका सदस्यसहित ८१ जना यात्रु रहेको जहाज काठमाडौंका लागि उडान भरेको थियो। उडान नम्बर एसएचए ८२२ नम्बरको जहाज ९:४० बजेमात्रै काठमाडौंतर्फ उडेको थियो। करिब २० मिनेट आकाशमा उडेपछि चालक दलका सदस्यहरूले जहाजकाे इन्डिकेटरले विमानमा खराबी देखाएको भन्दै भैरहवा नै फर्काएका थिए ।
तर, जहाजमा के खराबी आयो भन्ने अहिलेसम्म पत्ता नलागेको भैरहवा विमानस्थल कार्यालयले जनाएको छ । जहाज अहिले रनवेमै रहेका कारण विमानस्थल क्लोज गरिएको छ ।
‘जहाज पावर छैन्, जहाज तान्नलाई ट्याक्टर आइरहेको छ, यात्रुलाई जहाजबाट ओरालिएको छैन’, विमानस्थल स्रोतले भन्यो ।