मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा यसै साता सार्वजनिक हुने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा यसै साता सार्वजनिक हुने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)ले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन, २०२३ मा बोल्दै गभर्नर अधिकारीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा यसै साता सार्वजनिक हुने बताएका हुन् । उनले यहि [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा यसै साता सार्वजनिक हुने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)ले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन, २०२३ मा बोल्दै गभर्नर अधिकारीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा यसै साता सार्वजनिक हुने बताएका हुन् ।

उनले यहि महिनाभित्र मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्ने तयारीमा राष्ट्र बैंक रहेको बताएका हुन् । यही महिना भनेको अब एक साता मात्रै बाँकी छ । राष्ट्र बैंक अहिले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षाको तयारीमा जुटेको उनले बताए ।

गभर्नर अधिकारीले मौद्रिक नीतिका आफ्नै सीमा भएकाले धेरै अपेक्षा राख्न नहुने बताए । पछिल्लो समय राष्ट्र बैंकप्रतिको अपेक्षा प्रत्येक दिन बढिरहेकाले आवश्यक भारी मात्रै बोक्न सक्ने उनको भनाइ छ । मौद्रिक नीतिको क्षेत्रभित्र बसेर राष्ट्र बैंकले काम गर्ने उनले बताए ।

Share News