काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत प्रतिनिधि सभामा पेश गरेका छन् ।
विनियोजित विधेयकको सिद्धान्त तथा प्राथमिकता पेश गर्दै अर्थमन्त्री महतले आर्थिक समस्याका बीच ल्याइने आगामी आर्थिक वर्षको बजेटमा दिगो र फराकिलो आर्थिक समुन्नत, सुशासन र प्रभावकारी बजेट ल्याउने गरी बजेटको सिद्धान्त तथा प्राथमिकता तय गरिएको बताए ।
दिगो, फराकिलो एवम समावेशी, आर्थिक बृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने, सुसासन प्रवद्र्धन गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारीता कायम गर्न लक्षीत हुने बताएका छन् ।
उनले आगामी आर्थिक वर्षको बजेटमा किसानको जिविकोपार्जनका लागि आयआर्जनमा सुधार, रासायनिक मलको सहज उपलब्धता, कृषि अनुदान प्रणालीमा सुधार गरी वास्तविक किसानसमक्ष पुर्याउने, रैथाने बाली र प्राकृतिक, प्रांगारीक कृषि निती, खाद्य सुरक्षा प्रत्याभुत, भु उपयोग नितीको प्रभावकारी कार्यान्वयन, निर्यात प्रवद्र्धन गर्न अुनदान लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए ।