अर्थतन्त्रमा सुधार देखिएपनि राजश्व असुलीमा असर छ : अर्थमन्त्री

<p>काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा केही सुधार देखिएको बताएका छन् । आइतबारबाट सुरु भएको संघीय संसद्को बजेट अधिवेशनमा अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्त संघीय संसदमा पेश गर्दै उनले पछिल्लो समय अर्थतन्त्रमा केही सुधार देखिएको बताएका हुन । उनले राजश्व असुलीमा असर परेको बताउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिने समेत [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा केही सुधार देखिएको बताएका छन् । आइतबारबाट सुरु भएको संघीय संसद्को बजेट अधिवेशनमा अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्त संघीय संसदमा पेश गर्दै उनले पछिल्लो समय अर्थतन्त्रमा केही सुधार देखिएको बताएका हुन ।

उनले राजश्व असुलीमा असर परेको बताउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिने समेत बताएका छन् ।

दिगो, फराकिलो एवम समावेशी, आर्थिक बृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने, सुसासन प्रवद्र्धन गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारीता कायम गर्न लक्षीत हुने बताएका छन् ।

उनले आगामी आर्थिक वर्षको बजेटमा किसानको जिविकोपार्जनका लागि आयआर्जनमा सुधार, रासायनिक मलको सहज उपलब्धता, कृषि अनुदान प्रणालीमा सुधार गरी वास्तविक किसानसमक्ष पुर्याउने, रैथाने बाली र प्राकृतिक, प्रांगारीक कृषि निती, खाद्य सुरक्षा प्रत्याभुत, भु उपयोग नितीको प्रभावकारी कार्यान्वयन, निर्यात प्रवद्र्धन गर्न अुनदान लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए ।

Share News