काठमाडौं । आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ ले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ । ग्राहकलाई विद्युतीय तथा क्युआर भुक्तानीतर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको हो ।
सो भुक्तानी बाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिने बताएको छ । रिवार्ड पोइन्ट जुनसुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन सकिने कम्पनीले बताएको छ ।
कम्पनीको अनुसार सो रिवार्ड पोइन्ट कारोबार गर्दै जाँदा जोडिदै जाने र भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडीम पनि गर्न सकिने छ । ।