काठमाडौं । महालक्ष्मी विकास बैंक संस्थागत सामाजिक उत्तरदायित्व विभिन्न संस्थालाई सहयोग गरेको छ । बैंकले यसअन्तरर्गत स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी र विद्यालयलाई सहयोग गरेको छ ।
बैंकको नेपालगंज शाखाले कोहलपुर नगरपालिका वडा नं ११ मा अवस्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई सेमी अटो बायोकेमेस्टी हस्तान्तरण गरेको छन् ।
स्वास्थ्य प्रतिष्ठानमा उपचारका निमित्त आउने त्यस क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका समुदायलाई न्युनतम मुल्यमा किडनी, लिभर, सुगर र युरीक एसिड सम्वन्धी प्रयोगशाला चेकजाँचमा सहजता पु¥याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ ।
त्यस्तै, बैंकको डल्लु र ठमेल शाखाले जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंलाई ब्यारिकेट, कोन तथा गोप्रो क्यामरा हस्तान्तरण गरेको छ ।
काठमाडौं महानगरपालिकामा सार्वजनिक सुरक्षा, अमन चयन कायम राख्न, सम्भावित अपराधको रोकथाम नियन्त्रण तथा अनुसन्धान गर्नका साथै तिव्र गतिमा सवारी साधन चलाउने, मादक पद्घार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुको नियन्त्रण तथा चेक जाँच गर्ने प्रयोजानार्थ बैंकले उक्त सहयोग गरेको जनाएको छ ।
यस्तै, बैंकको विरगंज शाखाले विरगंज महानगरपालिका वडा नं १४ मा अवस्थित सिद्धार्थ माध्यामिक विद्यालयलाई छ थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । बालविकास इसिडीदेखि १२ कक्षासम्म अध्यापन गराईने विद्यालयलाई विद्यार्थी मैत्री बनाउन मद्दत पु¥याउने उद्देश्यले बैंकले इसिडी सहयोग गरेको जनाएको छ । 