अब सांसदहरूको ई–हाजिरी हुने

<p>काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको अब विद्युतीय हाजिरी हुने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबार बसेको बैठकले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको हो । यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो । बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्‌को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गर्ने समितिले निर्णय गरेको छ । सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा उपस्थितरअनुपस्थित सांसदबारे जानकारी [&hellip;]</p>

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको अब विद्युतीय हाजिरी हुने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबार बसेको बैठकले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको हो ।

यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो । बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्‌को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गर्ने समितिले निर्णय गरेको छ ।

सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा उपस्थितरअनुपस्थित सांसदबारे जानकारी नहुने र कोरम समेत नपुग्नेजस्ता समस्या हुँदै आएको थियो

विद्युतीय हाजिरीलेउपस्थितरअनुपस्थित सांसदबारे जानकारी दिने निकै सजिलो हुने सभामुख देवराज घिमिरे बताउँछन् ।

Share News