काठमाडौं । महिला तथा बालबालिका मन्त्रीका रुपमा सुरेन्द्र आचार्य नियुक्त भएका छन् । नेपाली काँग्रेसको सिफारिसमा नेता आचार्यलाई महिला मन्त्रीमा नियुक्त गरिएको हो ।
नवनियुक्त मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।
हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेपाल समाजवादी पार्टी (नेसपा) का महिन्द्रराय यादवलाई खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ ।