काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले व्यवसायीलाई सस्तोमा जग्गा दिने कार्यक्रम ल्याउने तयारीमा रहेको बताएका छन् ।
सस्तोमा व्यवसायीलाई जग्गा उपलब्ध गराएर उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने तयारीमा सरकार लागेको बताए ।
उद्योगी व्यवसायीको समस्या समाधानका लागि राष्ट्र बैंकका गभर्नरसँग छलफल भइरहेको बताए । ‘बैंकको ब्याज घटाउन सरकार लागिपरेको छ, व्यवसायीको बजेटमा विभिन्न कार्यक्रम ल्याउन लागेका छौं,’ उनले भने ।
आर्थिक तरलताका कारण समस्या देखिएको बताउँदै उनले यो तरलता कोभिड–१९ सङ्क्रमण, युक्रेन र रसियाको युद्धका कारण बढी भएको बताए ।