काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । शुक्रबार माथिल्लो अरुण जलविद्युतकाे सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।
नेपाल नागरिक उडड्यन प्राधिकरणले सिम्रिक एयरको होलिकोप्टर सम्पर्कविहीन भएको जनाएको छ ।
दिउसो १ बजे सम्पर्कविहीन भएको सो हेलिकप्टरमा चालक दलका दुई सदस्य सहित ४ जना रहेको बताईएको छ । के सामान बोकेर गएको हो भन्ने जानकारी आइनसकेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।