अदालतले रोके पनि सुन्दर काठमाडौं बनाउने काम रोकिँदैन : बालेन

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अदालतले तार हटाउने काम नगर्ने भन्न आदेश दिए पनि रोके पनि सुन्दर काठमाडौं बनाउने काम नरोकिने बताएका छन् । शुक्रबार सामाजिक संजालमा एक स्टाटस राख्दै साहले यस्तो बताएका हुन् । शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि क्रियशिल रहको बताउँदै यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अदालतले तार हटाउने काम नगर्ने भन्न आदेश दिए पनि रोके पनि सुन्दर काठमाडौं बनाउने काम नरोकिने बताएका छन् । शुक्रबार सामाजिक संजालमा एक स्टाटस राख्दै साहले यस्तो बताएका हुन् ।

शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि क्रियशिल रहको बताउँदै यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्ने बताउँदै उनी लेख्छन्,’तपाइँ हरुले साथ दिनु हुनेछ भन्ने अपेक्षा राख्दछौ ।’

भौतिकरुपमा तारले शहरलाई अव्यवस्थित बनाउनुको साथै आगलागीको जोखिम पनि बढाएका उनी बताउँछन् । ‘गतवर्षमात्रै अव्यवस्थित तारहरुको कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ,’ उनी लेख्छन् ।

‘हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ, यसबिच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो तर त्यसको विपरित त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो,’ उनी लेख्छन् ।

Share News