व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन आरोपमा एकजना पक्राउ

<p>काठमाडौं । व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार राति बाराको सिमाराबाट ३७ वर्षिय जिवन रावललाई पक्राउ गरेको हो । चितवनको भरतपुर महानगरपालिका-८ का रावलकोविरुद्ध कँडेलका परिवारले किटानी जाहेरी दिएका थिए । कँडेलका परिवारले घटना स्थलमा भेटिएको सुसाइड नोटको आधारमा अनमोल फिड्सका चार्टर एकाउन्टेट रावलसहित कम्पनीका सेयर सदस्य प्रदीप रुङ्गटाविरुद्ध पनि [&hellip;]</p>

काठमाडौं । व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार राति बाराको सिमाराबाट ३७ वर्षिय जिवन रावललाई पक्राउ गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका-८ का रावलकोविरुद्ध कँडेलका परिवारले किटानी जाहेरी दिएका थिए ।

कँडेलका परिवारले घटना स्थलमा भेटिएको सुसाइड नोटको आधारमा अनमोल फिड्सका चार्टर एकाउन्टेट रावलसहित कम्पनीका सेयर सदस्य प्रदीप रुङ्गटाविरुद्ध पनि किटानी जाहेरी दिएका छन् ।

कँडेल मंगलबार साँझ चितवनको नारायणगढस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।

Share News