काठमाडौं । बेस्ट पर्फर्मेन्स प्लेयर पोको यम५ अब छुट मूल्यमा पाइने भएको छ । पोको यम५ को साथमा नेक्स्ट लेबल मोबाइल गेमिङ र सहज डिजिटज जीवनशैली पाइने भएको छ ।
उक्त इन्डष्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले प्रयोगकर्ताहरूका लागि वैशाख २१ देखि जेठ १ सम्मको सिमित अवधिका लागि पोको यम५ छुट मूल्यमा उपलब्द गराउने भएको छ । पोको यम५ गेमिङको मजा लिनेहरूका लागि लक्षित गरि बनाइएको स्मार्टफोन रहेको कम्पनीले जनाएको छ ।
शाओमी नेपालका म्यानेजर अमित कुमार पंण्डे भने, ‘ग्राहकहरूले सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रो संग बुझेका छौं र हामी विश्वास गर्छौं कि यो अफरले उहाँहरूलाई आझै किफायती मूल्यमा हाम्रो फ्ल्यागशिप मोडेल प्रदान गर्नेछ ।’
पोको यम५ एक शक्तिशाली स्मार्टफोन हो जसमा ६.५८ –इन्च ९० यचजेट यफएचडि प्लस + डिस्प्ले, एक शक्तिशाली ६एनएम मिडिया टेक हेलियो जि९९ प्रोसेसर, र ५००० यमएयच ब्याट्री जडान गरिएको छ ।
यसमा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ सेन्सरको साथ पछाडि ट्रिपल क्यामेरा सेटअप पनि छ भने यसको अगाडि ५ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ ।