पदभार गह्रण गर्दै खेलकुदमन्त्रीले भने : दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्छु

<p>काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफू दिनको १८ घण्टा काम गर्ने बताएका छन् । बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । खेलाडी र पदाधिकारीहरुले खेल क्षेत्रमा महशुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताउँदै उनले भने,&#8217;आम नागरिकहरुले देख्नेगरी काम गर्नेछु,  केही समय अध्ययन गर्न समय लाग्छ, काममा विश्वास गर्ने [&hellip;]</p>

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफू दिनको १८ घण्टा काम गर्ने बताएका छन् । बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

खेलाडी र पदाधिकारीहरुले खेल क्षेत्रमा महशुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताउँदै उनले भने,’आम नागरिकहरुले देख्नेगरी काम गर्नेछु,  केही समय अध्ययन गर्न समय लाग्छ, काममा विश्वास गर्ने मानिस हो म ।’

खेलकुदमन्त्री लिम्बूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथग्रहण गरेका थिए ।

Share News