सनराइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा विस्तार

<p>काठमाडौं । सनराइज बैंकले २ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले शुक्रबार कञ्चनपुर र डडेल्धुरा जिल्लामा बैंकिङ्ग सेवा विस्तार गरेको हो । उक्त बैंकको सेवा विस्तार कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.७ कलुवापुरमा १०१ औं र डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं. ५ देवलदिव्यपुरमा १०२ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकले २ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले शुक्रबार कञ्चनपुर र डडेल्धुरा जिल्लामा बैंकिङ्ग सेवा विस्तार गरेको हो ।

उक्त बैंकको सेवा विस्तार कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.७ कलुवापुरमा १०१ औं र डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं. ५ देवलदिव्यपुरमा १०२ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो ।

उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या १०२ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागी कृष्णपुरका करम सिंह राना र देवलदिव्यपुरका नरेश भट्टलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने जनाएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, १६२ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News