गुहेश्वरी मर्चेन्टका ग्राहकलाई सेल्सवेज डिपार्टमेण्टमा छुट

<p>काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स र ललितपुर जिल्लाको सेल्सवेज डिपार्टमेण्ट स्टोर बिच सम्झौता भएको छ । उक्त्त सम्झौत अनुसार सो फाइनान्सका ग्राहकलाई स्टोरका समान खरिदमा डिस्काउण्ट दिने सम्बन्धी सम्झौता भएको हो । उक्त्त संस्थाका सहायक महाप्रबन्धक श्रीमती अर्चना प्रधान र सो स्टोरका अपरेशन म्यानेजर भुवन अधिकारीबाट सम्झौता पत्र आदान प्रदान गरिएको थियो । सो [&hellip;]</p>

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स र ललितपुर जिल्लाको सेल्सवेज डिपार्टमेण्ट स्टोर
बिच सम्झौता भएको छ ।

उक्त्त सम्झौत अनुसार सो फाइनान्सका ग्राहकलाई स्टोरका समान खरिदमा डिस्काउण्ट दिने सम्बन्धी सम्झौता भएको हो ।

उक्त्त संस्थाका सहायक महाप्रबन्धक श्रीमती अर्चना प्रधान र सो स्टोरका अपरेशन म्यानेजर भुवन अधिकारीबाट सम्झौता पत्र आदान प्रदान गरिएको थियो । सो सम्झौतामा यस संस्थाका संस्थापक अध्यक्ष राजेश लाल श्रेष्ठको समेत सक्रिय भूमिका रहेको थियो ।

उक्त सम्झौता बमोजिम यस संस्थाका ग्राहकहरुले उक्त स्टोरमा प्रत्येक खरिदमा १० प्रतिशतसम्म डिस्काउण्ट पाइनेछ । यस संस्थाले आफ्नो ग्राहकहरुलाई सो डिस्काउण्ट अफरको लागि प्रिभिलेज नम्बर वितरण गर्ने जनाएको छ ।

Share News