थप १३ कम्पनीले पाए ब्रोकर लाइसेन्सको एलओआई, कुन-कुन हुन् ?

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र (एलओआई) प्रदान गरेको छ । यसअघि १६ वटा कम्पनीलाई एलओई प्रदान गरेकोमा बुधबार थप १३ कम्पनीलाई एलओआई प्रदान गरिएको प्रवक्ता मुक्ति श्रेष्ठले जनाकारी दिए । सनराइज सेक्युरीटीज, जेबिएनएल सेक्युरीटीज, सेयरप्रो सेक्युरिटीज प्रालि, स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड, प्रोपर्टि विजार्ड लिमिटेड, क्यापिटल हब प्रालि, मिल्की वे [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र (एलओआई) प्रदान गरेको छ । यसअघि १६ वटा कम्पनीलाई एलओई प्रदान गरेकोमा बुधबार थप १३ कम्पनीलाई एलओआई प्रदान गरिएको प्रवक्ता मुक्ति श्रेष्ठले जनाकारी दिए ।

सनराइज सेक्युरीटीज, जेबिएनएल सेक्युरीटीज, सेयरप्रो सेक्युरिटीज प्रालि, स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड, प्रोपर्टि विजार्ड लिमिटेड, क्यापिटल हब प्रालि, मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड, ब्लु चिप सेक्यूरिटिज लिमिटेड, गरिमा सेक्युरिटीज लिमिटेड, कलश स्टक मार्केट प्रालि, मनि वल्र्ड सेयर एक्सचेन्ज प्रालि, शुभकामना सेक्यूरिटिज प्रालि र मियो सेक्युरिटिज प्रालिलाई ब्रोकर लाइसेन्सका लागि आशय पत्र प्रदान गरेको हो ।

यस अघि गत बैशाख १८ गते १६ वटा कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि एलओआई प्रदान गरेको थियो । नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, मेघा स्टक मार्केट, हिमालयन ब्रोक्रेज कम्पनी, सिविआईएल सेक्युरिटिज, केविएल सेक्युरिटिज, एमएमबि सेक्युरिटिज, आरबिबि सेक्युरिटिज कम्पनी, सानिामा सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, सन् सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटि, इन्फिनिटी सेक्युरिटिज, आकाश भैरव सेक्युरिटिज, एलिट स्टक हाउस र एसपीएसएस सेक्युरिटिजले ब्रोकर लाइसेन्सका लागि आशय पत्र प्राप्त गरेका थिए ।

नेपाल धितोपत्र बोर्डका अनुसार एलओआई प्राप्त गरेका कम्पनीहरुले ६ महिनाभित्र पुर्वाधार तयार गर्नुपर्नेछ । एलओआई प्राप्त गरेका कम्पनीहरुले कर्मचारीदेखि सबै पुर्वाधार तयार पार्नुपर्ने प्रवक्ता श्रेष्ठले बताए ।

‘धितोपत्र सम्बन्धि कारोबार गर्न योग्य भएर आशयपत्र प्रदान गरेको हो, आशयपत्र भनेको अनुमति प्राप्त सरह नै हो, अनुमति प्राप्तका लागि योग्य भएका हुन्, अब ६ महिनाभित्र कारोबार गर्नका लागि पुर्वाधारदेखि कर्मचारी भर्ना गर्नुपर्ने हुन्छ, सबै मेकानिज्म खडा गरेपछि लाइसेन्स प्राप्त गर्छन्,’ उनले भने ।

यदि ६ महिनासम्म नियमानुसरा पुर्वाधार तयार गर्न सकेन भने अनुमति नदिने धितो बोर्डले जनाएको छ ।

Share News