अर्थतन्त्र सुधार हुँदैछ, तेस्रो कार्यकालको अन्तिमसम्म राम्रो नतिजा आउँछ : प्रधानमन्त्री दाहाल

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन् । काठमाडौँमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकालकोभन्दा राम्रो नतिजा देखिने बताए । ‘जतिबेला म दोस्रोपटक [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन् ।

काठमाडौँमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकालकोभन्दा राम्रो नतिजा देखिने बताए ।

‘जतिबेला म दोस्रोपटक प्रधानमन्त्री थिएँ, त्यतिबेला पनि देश अप्ठ्यारो परिस्थितिमै थियो, संविधानप्रति विभिन्न विमति र असन्तुष्टि थिए, मधेस आन्दोलनमा थियो, अर्थतन्त्र पनि उत्साहजनक थिएन, सङ्घीय ढाँचाको टुङ्गो लगाउन बाँकी नै थियो तर, निकै मेहनत गरियो, परिणाम पनि राम्रो आयो,’ लोकार्पणमा प्रधानमन्त्री दाहालले भने ‘सङ्घीयताको सफल अभ्यास गरियो, स्थानीय तहदेखि केन्द्रसम्मका चुनाव भए, आन्दोलनरत दल पनि सहमतिको प्रक्रियामा आए, अर्थतन्त्रमा राम्रो सुधार आयो, ७.५ अङ्कको आर्थिक वृद्धिदर हासिल गरियो, विद्युत् भार कटौती अन्त्य भयो, ठूला आयोजनामा भौतिक र वित्तीय प्रगति पनि राम्रो भयो, यसपटक पनि त्यसभन्दा राम्रो गर्ने प्रयास भइरहेको छ ।’

देशको अर्थतन्त्र सुधारोन्मुख रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले समष्टिगत आर्थिक परिसूचक सकारात्मक रहेको बताए । विदेशी मुद्राको सञ्चिति त उत्साहजनक नै रहेको उनको भनाइ छ । अरू क्षेत्रमा पनि राम्रो प्रगति भइरहेको र तेस्रो कार्यकालको अन्तिमसम्म जाँदा दोस्रोभन्दा राम्रो नतिजा आउने उनले बताए ।

Share News