‘सरुमा चुल्हो’को ग्रयान्ड ओपनिङ आजदेखि

<p>पोखरा । बिनु-बसन्तीको संयुक्त सञ्चालनमा पोखरा सभागृह मिडटाउनको आडमा रहेको ‘सरुमा चुल्हो’को आजबाट ग्रयान्ड ओपनिङ भएको छ । रेष्टुरेन्टमा कार्यरत मुख्य सेफले १३ जना स्टाफहरुको संयुक्त सहभागितामा रिवन काटेर रेष्टुरेन्टको ग्रयान्ड ओपनिङ गरेका हुन् । दुईजनाको झण्डै तीन करोड लगानीमा सञ्चालन भएको रेष्टुरेन्टमा स्वस्थ्कर पकाउने विधि सहित उत्कृष्ट स्वादमा परिकार उपलब्ध गराउने दाबी सञ्चालकले गरेका छन् [&hellip;]</p>

पोखरा । बिनु-बसन्तीको संयुक्त सञ्चालनमा पोखरा सभागृह मिडटाउनको आडमा रहेको ‘सरुमा चुल्हो’को आजबाट ग्रयान्ड ओपनिङ भएको छ । रेष्टुरेन्टमा कार्यरत मुख्य सेफले १३ जना स्टाफहरुको संयुक्त सहभागितामा रिवन काटेर रेष्टुरेन्टको ग्रयान्ड ओपनिङ गरेका हुन् ।

दुईजनाको झण्डै तीन करोड लगानीमा सञ्चालन भएको रेष्टुरेन्टमा स्वस्थ्कर पकाउने विधि सहित उत्कृष्ट स्वादमा परिकार उपलब्ध गराउने दाबी सञ्चालकले गरेका छन् । रेष्टुरेन्टको ग्रयान्ड ओपनिङ यहि बैशाख ३१ गतेसम्म कायम रहने र सो अवधिमा विभिन्न विशिष्ट परिकारहरुमा विशेष छुटको व्यवस्था रहेको जनाइएको छ ।

पोखरामै फलेको पहेँलो चामलको भात, स्थानीय उत्पादित तरकारी, रिसिङको कालो दाल लगायत स्वस्थकर र विशिष्ट स्वाद सहितको भोजनको व्यवस्था रहेको सञ्चालिकाहरुले बताएका छन् । रेष्टुरेन्टले नेपाली, इन्डियन, चाइनिज, कन्टिनेन्टल साथै सी फुड पनि अर्डर अनुसार उपलब्ध गराउनेछ । पोखराभित्र घरमै बसेर फुडमुडमार्फत पनि अर्डर गर्न सकिने रेष्टुरेन्टले जनाएको छ ।

Share News