टोप बहादुर विरुद्द किन पक्राउ पुर्जी जारी भयो ? यस्तो छ नालीबेली

<p>काठमाडौं । तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यममा उनको विषयले प्राथमिकता पाएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएपछि उनको विषयमा व्यापक बहस भइरहेको छ । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने [&hellip;]</p>

काठमाडौं । तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यममा उनको विषयले प्राथमिकता पाएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएपछि उनको विषयमा व्यापक बहस भइरहेको छ ।

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो । बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने कार्यमा राजनीतिक व्यक्तिहरुकै संलग्नता रहेको बुझिएको छ । सन्दीपले एक करोड रुपैयाँको चेक लिएको पाइएको पनि बताइएको छ ।

साढे ८ सय नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ रहेको बताइएको छ । यो कार्यमा रायमाझीको पनि संलग्ना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको बुझिएको छ । यसमा तत्कालीन गृहमन्त्री बादल पनि तानिने सम्भावना छ ।

Share News