काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले बुधबार तीन जनालाई मन्त्री बनाएका हुन् ।
मन्त्री हुनेमा धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बु रहेका छन् । प्रचण्डले गुरूङलाई कानून, बस्नेतलाई स्वास्थ्य र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन् ।
नयाँ मन्त्रीहरूको शपथ भने बिहीबार अपरान्ह ३ बजे हुनेछ ।