काठमाडौं । नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई प्रक्राउ परेका छन् । प्रहरीले उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव पाण्डेलाई नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पक्राउ गरेको हो ।
मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि सचिव पाण्डे घर छाडेर बाहिर बसेका थिए । भक्तपुर आसपासको जंगलमा आफू रहेको प्रहरीले सुइँको पाएको थाहा भएपछि उनी त्यहाँबाट हिँडेका थिए । त्यही क्रममा उनी जडिबुटीबाट पक्राउ परेका हुन् ।
उनी २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रूपमा कार्यरत थिए । काठमाडौं प्रहरी परिसरले उनलाई उपपराष्ट्रपति कार्यालयबाट पक्राउ गरेर टेकुस्थित प्रहरी परिसरमा राखेको छ । प्रहरीले बुधबार नै उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।
रामवहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा पाण्डे सचिव थिए । यस अनुसन्धानमा बादल पनि तानिन सक्ने सम्भावना रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।
मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए ।