वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा ढकाल

<p>काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशकमा सरकारले नवराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ। सिफारिसमा परेका तीन जनामध्ये ढकाललाई सरकारले नियुक्ति गरेको हो । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले केन्द्रको कार्यकारी निर्देशको लागि गत फागुन १४ गते दरखास्त आह्वान गरेको थियो । सोही मागमा २१ जनाले दिएको निवेदनमा तीनजना सिफारिसमा परेका थिए । [&hellip;]</p>

काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशकमा सरकारले नवराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ। सिफारिसमा परेका तीन जनामध्ये ढकाललाई सरकारले नियुक्ति गरेको हो ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले केन्द्रको कार्यकारी निर्देशको लागि गत फागुन १४ गते दरखास्त आह्वान गरेको थियो । सोही मागमा २१ जनाले दिएको निवेदनमा तीनजना सिफारिसमा परेका थिए ।

मन्त्रिपरिषदको मंगलबारको बैठकले ढकाललाई चार वर्षका लागि कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो । सोही अनुसार उनी चार वर्षकालागी कार्यकारी निर्देशक बन्नेछन् ।

Share News