काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको गाडी चालक दिलबहादुर थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ ।
ललितपुरस्थित मेडिसिटी अस्पतालका अनुसार उनको मंगलबार दिउँसो साढे एक बजेको करिब निधन भएको हो ।
वैशाख ४ गते बिहान ४ बजे लामिछानेको चितवनस्थित घरको छतबाट खसेर थापा घाइते भएका थिए । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो ।
टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएपछि थप उपचारको लागि हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।