दिल्लीमा भएको उपचार खर्च राष्ट्रपति आफैले बेहोर्ने

<p>काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दिल्लीमा भएको आफ्नो उपचार खर्च आफैले बेहोर्ने भएका छन् । मंगलबार राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले मंगलबार दिउँसो वक्तव्य निकालेर राष्ट्रपतिले उपचार खर्च आफैं ब्यहोर्न चाहेको जानकारी दिएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरुको सुझावमा राष्ट्रपति पौडेलको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान [&hellip;]</p>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दिल्लीमा भएको आफ्नो उपचार खर्च आफैले बेहोर्ने भएका छन् । मंगलबार राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले मंगलबार दिउँसो वक्तव्य निकालेर राष्ट्रपतिले उपचार खर्च आफैं ब्यहोर्न चाहेको जानकारी दिएका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरुको सुझावमा राष्ट्रपति पौडेलको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो ।

राष्ट्रपति पौडेल यही वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गरेका थिए । उनी उपचारपछि वैशाख १७ मा स्वदेश फर्किएका हुन् ।

उपचार खर्चलाई लिएर पछिल्लो केही दिनयता उनी विवादमा तानिएका छन् ।

Share News