रास्वपाको कार्य विभाजन, अर्थ नीति विभागमा वाग्ले, कसलाई कुन विभाग ?

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीमा ३६ वटा विभाग गठन गर्दै विभागीय प्रमुखहरु तोकेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले विभागीय प्रमुखहरु तोकेको हो । ३६ वटा विभागमध्ये डा.स्वर्णिम वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको छ । डा. मुकुल ढकालले नीति तथा विचार र प्रशिक्षण, डा तोषिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या र युवा [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीमा ३६ वटा विभाग गठन गर्दै विभागीय प्रमुखहरु तोकेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले विभागीय प्रमुखहरु तोकेको हो ।

३६ वटा विभागमध्ये डा.स्वर्णिम वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

डा. मुकुल ढकालले नीति तथा विचार र प्रशिक्षण, डा तोषिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या र युवा तथा खेलकुद, सन्तोष परियार मानव अधिकार, सोविता गौतम कानुन तथा न्याय, हरि ढकाल भ्रष्टाचार निवारण तथा सुशासन प्रवद्र्धन र दिपक बोहरा जनसम्पर्क विभाग प्रमुख बनेका छन् ।

यस्तैगरी, मनिष झा तथ्याङ्क अनुसन्धान तथा अभिलेखीकरण र सार्वजनिक लेखा समीक्षा, सुमना श्रेष्ठ शिक्षा र विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको प्रमुख तोकिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन गरेको छ ।

Share News