सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउन लगानीकर्ताको माग

<p>काठमाडौं । सेयर बजार सुधारको मागसहित लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेका छन् । लगानीकर्ताहरुले सोमबार बिहानै मन्त्रीको क्वाटरमै पुगेर अर्थमन्त्रीसँग शेयर बजार सुधारको विषयमा छलफल गरेका हुन् । उक्त भेटमा लगानीकर्ताले पुँजी बजारको सुधारका लागि सेयर धिताे कर्जामा १२ करोडको सीमा, १५० प्रतिशतको औषत जोखिम भारको व्यवस्था हटाउन माग राखेका छन् । लगानीकर्ता [&hellip;]</p>

काठमाडौं । सेयर बजार सुधारको मागसहित लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेका छन् । लगानीकर्ताहरुले सोमबार बिहानै मन्त्रीको क्वाटरमै पुगेर अर्थमन्त्रीसँग शेयर बजार सुधारको विषयमा छलफल गरेका हुन् ।

उक्त भेटमा लगानीकर्ताले पुँजी बजारको सुधारका लागि सेयर धिताे कर्जामा १२ करोडको सीमा, १५० प्रतिशतको औषत जोखिम भारको व्यवस्था हटाउन माग राखेका छन् ।

लगानीकर्ता सम्वद्ध चारवटै संगठनका नेतृत्वहरुले शेयर धितो कर्जाको सिमा १२ करोड तोकिएमा त्यसलाई पुरै खारेज गरिनुपर्ने र १५० प्रतिशतको जोखिम भारित औषतलाई १०० प्रतिशतमा झार्नुपर्ने माग राखेका थिए ।

उनीहरुले खुला ब्रोकर प्रणाली, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया अवरोध बिना अघि बढाउने वातावरण बनाउन पनि मन्त्री डा. महतसँग अनुरोध गरेका छन् ।

लगानीकर्ताहरुले ब्याजदरलाई एकल अंकमा कायम गरेर पुँजी बजार तथा समग्र उद्यमी व्यवसायीहरुको मनोबल बढाउने कामको नेतृत्व लिन पनि अर्थमन्त्री डा. महतलाई सुझाव दिए ।

लगानीकर्ताहरुले अल्पकालिन लगानीकर्ताहरुलाई ५ प्रतिशत र दिर्घकालिन लगानीकर्ताहरुलाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था आगामी बजेटबाट गराउन पनि आग्रह गरेका थिए ।

Share News