काठमाडौं । हाइफ्युचरको ब्राण्ड एम्बेसडरमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का नियुक्त भएका छन् ।
ब्राण्ड एम्बेसडरको रूपमा खड्काले हाइफ्युचरको वायरलेस इअरबड, हेडफोन, पोर्टेबल स्पीकर, र स्मार्टवाचहरूसहितको अभिनव रेंजको स्मार्ट वियरेबल र अडियो उत्पादनहरूलाई प्रमोट गर्नेछन् ।
इलेक्ट्रोनिक ग्याजेटहरूको अग्रणी आयातक टेक स्टूडियो हाइफ्यूचरका उत्पादनहरूको नेपालमा आधिकारिक वितरक हो ।