काठमाडौं । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’ को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो ।
टनेलमा पहिरो खसि अरुण नदी थुनिएको लामो समय बितिसक्दा पनि अझै पूर्ण रूपमा पानी नखोली सकेको मकालु गाउँपालिका वडा नं। ५ बालसुधा आधारभूत विद्यालयका शिक्षक राजु अधिकारीले बताए ।
अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिए झरी रहेको छ । टनेल बन्द भएपछि करिब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको छ ।
लामो समयसम्म पानी जम्मा भएपनि बाँध पक्की भएकाले तत्काल बाँध नफुटेको अधिकारीले जानकारी दिए । उनका अनुसार सो ठाउँमा अहिले वर्ष भइरहेको छ ।
‘टनेल थुनिएर ड्याम पानीले भरिएर बाहिर गएको करिब डेढ घण्टा भएको छ, यदि ड्याम भत्कियो भने आयोजनामा पनि निकै ठूलो नोक्सानी हुनेछ,’ उनले भने ।
आयोजना कर्मचारीहरुले बाँध केही भाग बलास्ट गरेर फुटाउने योजना बनाएको पनि अधिकारीले जानकारी दिए । पहिरोका कारण आयोजनामा ठूलो क्षति पुगेको उनी बताउँछन् । 