भौतिक मन्त्रालयको बजेट ५४ अर्बले कटौति

<p>काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौति भएको बताएका छन् । आईतबार काठमाडौंमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । &#8216;आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट ५४ अर्ब कटौति भएको छ, चालु आर्थिक वर्षमा १६३ अर्ब बजेट रहेको भएपनि आगामी आर्थिक [&hellip;]</p>

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौति भएको बताएका छन् । आईतबार काठमाडौंमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट ५४ अर्ब कटौति भएको छ, चालु आर्थिक वर्षमा १६३ अर्ब बजेट रहेको भएपनि आगामी आर्थिक वर्षका लागि ११३ अर्ब बजेटको सिलिङ दिइएको छ,’ उनले भने ।

उनले आगामी आर्थिक वर्षको बजेट गरिबको लागि खानेकुरा जस्तो बनेको बताए । ‘ओभरल आर्थिक संकट त छँदैछ, राजश्व संकलन कमजोर छ, अर्थतन्त्रमा खराब सूचकांकहरु छन्, त्यसको मारमा बजेट परेको छ, बजेट मारमा पर्नु भनेको हाम्रा प्रोजेक्टहरु, योजना, कार्यक्रम मारमा पर्नु हो,’ उनले भने ।

मन्त्री ज्वालाले मन्त्रालयले आगामी आर्थिक वर्षमा आवश्यक काम गर्न नसक्ने पनि बताए ।

Share News