आसियाना बासमति चामल नेपाली बजारमा

<p>काठमाडौं । आसियाना बासमति चामल नेपाली बजारका लागि कारोबार सुरु गरेको छ । आसियाना बासमती राइस चामलको नेपालका लागि आधिकारिक बिक्रेता रानी सति इन्टरनेशनलले कारोबार सुरु गरेको एक वर्ष पुगेको छ । उक्त अवसरमा काठमाडौंमा व्यापार शुरु भएको एकवर्ष पुगेको अवसरमा कम्पनीले बार्षिक उत्सव तथा डिलर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । डिलर भेटघाट कार्यक्रममा [&hellip;]</p>

काठमाडौं । आसियाना बासमति चामल नेपाली बजारका लागि कारोबार सुरु गरेको छ ।

आसियाना बासमती राइस चामलको नेपालका लागि आधिकारिक बिक्रेता रानी सति इन्टरनेशनलले कारोबार सुरु गरेको एक वर्ष पुगेको छ ।

उक्त अवसरमा काठमाडौंमा व्यापार शुरु भएको एकवर्ष पुगेको अवसरमा कम्पनीले बार्षिक उत्सव तथा डिलर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

डिलर भेटघाट कार्यक्रममा प्रमुख अतिथिका रुपमा जिआरयम फुडस्का अध्यक्ष्य मिस्टर प्रतिप जर्ज तथा मिस इको इनरनेशनल रक्षा उप्रेती विशेष अतिथिका रुपमा उपस्थित रहेका छन् ।

कार्यक्रममा जिआरयम फुडस्का प्रवन्ध निर्देशक मिस्टर यनसिल जर्जले नेपालमा विश्वस्तिरीय चामलनै उपलव्ध गराउने र थप व्यापार विस्तार गर्ने प्रतिवद्घता व्यक्त गरे तथा कार्यक्रममा रानी साथी इनटरनेशनलका अध्यक्ष मिस्टर ओम प्रकाश बन्सालले आसियाना बासमती राइसको बारेमा जानकारी दिएका थिए ।

नेपाल समेत भारत तथा विश्वका धेरै देशहरुमा बिक्री वितरण भएको आसियाना बासमती चामल काठमाडौ लगायत पुरै देश भरि बिक्री विस्तार गर्ने योजना रहेको छ । उपभोक्ताको मागलाई ध्यानमा राखेर उत्पादन भएको उक्त उत्पादन नेपाली ग्राहकहरु माझ १ बर्षको अवधिमै निकै नै रुचाइएको मूलायम तथा बास्नादार चामलको ब्राण्डमा परेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कार्यक्रममा देशैभर छरिएर रहनु भएको ३० भन्दा बढी आसियाना चामलका डिलरहरुलाई सम्मान तथा पुरस्कार बितरण गरिएको थियो । नेपालभरबाट उत्कृष्ट व्यापार गर्ने डिलरलाई कम्पनीले उपहार स्वरुप विभिन्न उपहार उपलब्ध गराएको थियो ।

Share News